२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमा



अ+ अ-

बैतडी । घनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुराले चर्चा नपाउँदा ओझेलमा परेको छ । गणेशधुराबाट बझाङको जेठी बहुरानी हिमाल, दार्चुलाको अपि नाम्पा र भारतको उत्तराखण्ड राज्यको पञ्चचुली हिमाल गणेशधुराबाट एकैपटक नियाल्न सकिन्छ । बैतडीको पाटन नगरपालिका १, डैसीली गाउँमाथि रहेको गणेशधुरा समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको छ । यो धुराबाट डडेल्धुरा सदरमुकाम पनि सजिलै हेर्न सकिन्छ ।

दशरथचन्द मार्गको अनार खोलीबाट १३ किलोमिटर सडक यात्रा पार गरेर पाटन नगरपालिका १ डैसीली गाउँ पुगिन्छ । डैसीलीबाट गणेशधुरा जान ढुङ्गाका पुराना सिँढी रहेका छन् । करिब दुई किलोमिटरसम्म रहेको ढुङ्गाका सिँढी संरक्षण नहुँदा भत्केका छन् । साउने सङ्क्रान्तिमा यहाँ पूजा लाग्ने गरेको स्थानीय दलसिंह ठगुन्नाले बताए । ऐतिहासिक धार्मिक स्थलका रूपमा गणेशधुराको पूजा गर्ने चलन रहे पनि यसको संरक्षण र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय युवा तर्कसिंह ठगुन्ना बताउछन्।

पाटन नगरपालिका १ डैसीलीका स्थानीयले गणेशधुराबारे अहिलेसम्म कसैले पनि सोधखोज नगरेको बताएका छन् । पाटन नगरपालिका १ का वडा सदस्य शेरसिंह बोहराले भ्रमण वर्ष २०२० मा बैतडीका अधिकांश पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार र समाचार आए पनि गणेशधुराबारे कसैले पनि ध्यान नपुर्याएको बताए ।

भ्रमण वर्ष २०२० मा बैतडी जिल्लामा रहेको पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारका लागि पाटन नगरपालिकाले पात्ताल भूमेश्वर गुफा र गणेशधुराको सिँढी निर्माण गर्न बजेट छुट्याएको भए पनि आर्थिक वर्षको सात महिना बितिसक्दा पनि बजेट कार्यान्वयन गर्न नगरपालिकाले कुनै पहल नचालेको स्थानीयले बताएका छन् । गोरखापत्र दैनिकबाट