१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्य छुट्टै छलफलमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले छुट्टै छलफल सुरु गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा, इतर समूहका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटघाट गरी विवाद समाधानका उपाय खोज्न आग्रह गरिसकेको उक्त समूहले शुक्रबार आन्तरिक छलफल गरेको हो।

ललितपुरको कुपण्डोलमा आयोजना गरिएको छलफलमा पार्टीभित्र चुलिँदै गएको महाधिवेशनसम्बन्धी विवाद व्यवस्थापन र सहमतिको मध्यमार्गी निकासबारे विमर्श गरिएको बताइएको छ। केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार छलफल पार्टी एकता जोगाउँदै अघि बढ्ने उपायमा केन्द्रित थियो।

केन्द्रीय सदस्य आङगेलु शेर्पाले महाधिवेशनको कार्यतालिकालाई लिएर उत्पन्न विवाद समाधानका लागि नेताहरूबीच सहमति खोज्ने प्रयास भइरहेको जानकारी दिए।

यसअघि उक्त समूहले निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा ‘लबिङ’ गर्दै आएको थियो। सोही क्रममा पुस २२ गते नेता शेखर कोइरालासँग र पुस १८ गते सभापति देउवा तथा महामन्त्रीद्वयसँग अलग–अलग छलफल गरेको थियो।

१५ औं महाधिवेशनको कार्यतालिकाबारे पार्टीभित्र बहस तीव्र भइरहेका बेला २५ सदस्यीय यो समूहले निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने धारणा अघि सारेको छ।