१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू

महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू
अ अ+ अ-

काठमाडौँ।  नेपाली काँग्रेसले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन महासधवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको पार्टी केन्द्रिय सदस्य नारायणप्रकाश साउदले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नभएको भन्दै महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गरिएको बताउनु भयो । उहाँका अनुसार विशेष महाधिवेशन भनिएको भेला तत्काल रोक्नका लागि सम्बन्धीत पक्षलाई अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

उहाँले भन्नुभयो, ‘नियमित महाधिवेशनको तिथिमिति तोकिएको अवस्थामा विशेष महाधिवेशन वैधानिक र आवश्यक छैन । पदाधिकारीहरुले समेत विशेष महाधिवेशन बोलाउने अधिकार पनि छैन ।

त्यसकारण देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको छ ।

विशेष महाधिवेशन भनिएको भेलालाई तत्काल रोक्नका लागि पनि सम्बन्धित सबैमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अनुरोध गर्ने अपिल गर्ने निर्णय गरेको छ ।’

बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेपछि बैठकले यस्तो निर्णय गरेको हो । –न्युज एजेन्सी नेपाल