काठमाडौँ । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।
आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ ।
आगलागीको कारण र क्षतिको विवरण खुल्न बाँकी छ ।











