२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षदेखि अलपत्र जलविद्युत् आयोजना



अ+ अ-

मुगु । छायानाथ रारा नगरपालिका १४ स्थित दरखे खोला लघुजलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । ०६४ सालमा छायानाथ रारा नगरपालिका १४ मा रहेका तीन गाउँका तीन सय घरधुरीलाई भनेर निर्माण गरिएको जिल्ला ऊर्जा शाखाको सहयोगमा निर्माण भएको १९ किलोवाट दरखे खोला लघुजलविद्युत् परियोजनाको काम सकिनै लाग्दा कामप्रति कसैले चासो नराख्दा परियोजना नै अलपत्र अवस्थामा परेको हो ।

साविकको जिल्ला विकास समितिको कार्यालयअन्तर्गत रहेको जिल्ला ऊर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र स्थानीयले अनुदान जुटाउनुपर्ने भन्दै दरखे खोला लघुजलविद्युत् परियोजनाका लागि पहिलोपटक २९ लाख २५ हजार रकममा सम्झौता गरेको भए पनि स्थानीयले अनुदान रकम जुटाउन नसक्दा २९ लाख २५ हजार रकम नपुगेकाले लघु जलविद्युत्को हालत यस्तो भएको दरखे खोला लघुजलविद्युत् परियोजना उपभोक्ता समितिका अध्यक्ष चंख बढुवालले बताए । पुनः बजेट थपिई साविकको रुगा गाविस अन्य सहयोगी संस्था र ऊर्जा शाखाको सहयोगमा ९५ लाख बराबरको रकम जुटाई काम सुरुआत गरेको भए पनि सफल हुन सकेन ।

विद्युतको काम ९५ प्रतिशत काम सम्पन्न भइसकेको भए पनि प्राविधिक लापरवाहीका कारण दरखे खोला लघुजलविद्युत् परियोजनाको काम रोकिन गएको र त्यस परियोजानाप्रति कसैले चासो नदिएकाले दरखे खोला लघुजलविद्युत् परियोजना अलपत्र परेको स्थानीय बताउँछन् ।मेसिनमा खिया लागेको छ, पावरहाउस जीर्ण बन्दै गएको छ, गाडिएका तार अलपत्र छन् भने पोल पनि ढलेका छन् तैपनि न त ऊर्जा शाखाले त्यसप्रति चासो देखाएको छ न त स्थानीयले चासो दिएका छन् । तेत्तिकैमा काम सम्पन्न हुन लागेको परियोजाना अलपत्र परेको छायानाथ रारा नगरपालिका १४ का वडाध्यक्ष नन्दलाल बढुवालले बताए ।

उनले भने, ‘वैकल्पिक ऊर्जा कार्यालय काड्माडौंका प्राविधिक पुनः आई स्टमेट गरेका छन् । सम्भवतः काम सुचारु हुने विश्वासमा छौँ । १२ वर्षपछि काम सुचारु गर्न आएका हुन कि आशा मात्र दिन आएका हुन् त्यो भने चिन्ताको विषय भएको छ ।’ बत्ती बाल्न नसके दुई सय किलोवाट बराबरका सोलार वितरण गर्ने आश देखाएर प्राविधिक टोली अनुगमन गरी फिर्ता भएको अध्यक्ष बढुवालको भनाइ छ । बत्ती बाल्ने धोकोका साथ १२ वर्षसम्म बत्तीको पखाईमा बसेका छायानाथ रारा नगरपालिका–१४ स्थित तीन गाउँका स्थानीय हिजोआज निराशामा छन् । ऊर्जा शाखाले जनताको आँखामा छारो हालर विद्युत् दिनुको सट्टा मत्यु दिइएको स्थानीय बताउँछन् ।

‘बत्ती आउला झरोबाट टाढा हौँला भनेर सोचेको मर्ने वेला भइसक्यो बत्ती बल्दैन अब त बत्ती बल्ला भन्ने आशा पनि हरायो’, छायानाथ रारा नगरपालिका–१४ का ६५ वर्षीय कन्न बिरे बढुवालले दुःखेसो गरे । उनी मात्र होइन १४ वडाका ३ सय घरपरिवारमा बत्ती बाल्न आश निराशामा परिणत भएको छ । पोल तार अलपत्र अवस्थामा छन् । मान्छेले तार घरायसी प्रयोजनका लागि लगेका छन् । स्थानीय सरकार गठनपछि पनि बत्तीको काम सुचारु नभएको र अध्याँरोमा बस्न बाध्य भएका स्थानीय सिंहदरबारको अधिकार गाउँमा नआएको आभास गर्न थालेका छन् ।

चुनावको वेला प्रमुख मुद्दा बनाएका जनप्रनिधिले पनि त्यो कामप्रति चासो नदेखाएको स्थानीय बताउँछन् । यता छायानाथ रारा नगरपालिकाले त्यो बस्तीमा गमगाढ जलविद्युत्को बत्ती बिस्तार गर्ने आश्वासन दिएको पनि दुई वर्ष बितिसकेको छ । तर, काम अहिलेसम्म पनि नभएको वडा १४ का वडा सदस्य रत्न बढुवालले बताए । सौर्य दैनिकबाट