१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भारतसँग छिट्टै वार्ता’



अ+ अ-

काठमाडौँ । नेपाल–भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ । लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई पठाइसकेको छ । भारतले पनि समस्या उठेका स्थानमा वार्ता र संवादको माध्यमबाट समाधान गर्न स्वीकार गर्दै एक पटक जवाफ दिएको छ ।
वार्तामा बस्न तयार भारतकै कारण नयाँ वार्ताको मिति भने तय हुन सकेको छैन । भारतले कहिले अर्को जवाफ पठाउला र वार्ताको मिति तय होला भनेर नेपाल पर्ख र हेरको अवस्थामा छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने वार्ताका माध्यमबाट सीमा समस्या समाधान हुने विश्वास गर्नुपर्छ ।

“नेपाल भारतबीच निश्चय नै यसबीचमा सीमा समस्या बल्झिएको छ”, बुधबार भने, “तर यो आज उत्पन्न समस्या हैन । हिजोको इतिहासले हामीलाई बोकाइदिएको एउटा विरासत हो । ” उनका अनुसार हिजोका शासकहरू, हिजोको राज्य प्रणाली सतर्क नहुँदा, पहल नगर्दा, लापरबाही गर्दा या यथेष्ट राष्ट्रिय सहमति जुटाउन नसक्दा उत्पन्न समस्या हुन् । “मेरो विश्वास छ, कूटनीतिक माध्यमबाट इतिहासका यी मुद्दाहरूलाई सल्ट्याउँदै अगाडि बढ्न सकिन्छ । अगाडि बढ्नुको विकल्प छैन”, उनले थपे ।

उनले नेपाल र भारतबीच असल सम्बन्धबाहेक अर्को कुनै विकल्प नरहेकाले भारतले सीमा समस्याको यथार्थ स्वीकार गर्दै वार्ताबाटै समाधान गर्न तत्पर रहेको जवाफ दिएको जानकारी दिए । उनका अनुसार दुवै सरकारको सचिवस्तरीय वार्ताको मिति भने तय हुन बाँकी छ । यसबीचमा भारतको विदेश मन्त्रालयको प्रशासनिक स्थितिमा फेरबदलको स्थिति र नेपालका राजदूतको बिदाइ र नयाँ राजदूतको आउने क्रम जस्ता कुराले पनि केही प्रभाव पारेको अनुमान उनी गर्छन् । “मलाई विश्वास छ, छिट्टै वार्ता हुन्छ । नेपाल के कुरामा विश्वस्त छ भने प्राप्त ऐतिहासिक तथ्य, प्रमाण, कागजात, नक्साका आधारमा यो समस्याको समाधान गर्न सकिन्छ”, मन्त्री ज्ञवालीको थप भनाइ छ ।

सीमाको विषयमा विवाद गर्नु नेपालको कुनै अतिरञ्जित चाहना नरहेको उनले प्रस्ट्याए । यसमा नेपालको कुनै स्वार्थ नरहेको भन्दै उनले नेपालले सुगौली सन्धियताको नेपालको पश्चिमी सीमालाई सुरक्षित गर्न खोजेको प्रस्ट पारे। गएको नोभेम्बर २ मा भारतले लिम्पियाधुरासहितको आफ्नो नक्सा सार्वजनिक गरेपछि सीमा विवाद फेरि सतहमा आएको हो । गोरखापत्र दैनिकबाट