२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

८६ अर्बका ठेक्का अलपत्र



अ+ अ-

काठमाडौं । विकास निर्माणमा सरकारले तीव्रता दिन खोजिरहेका बेला ८६ अर्बका ठेक्का अलपत्र परेको तथ्य खुलेको छ । ठेकेदारको चरम लापरवाहीका कारण एक हजार दुई सय दुई ठेक्का अलपत्र परेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत रुग्ण आयोजनाको सवालमा घच्घचाइरहेको अवस्थामा ती आयोजनाको निर्माण कार्यले अझै तीव्रता पाउन सकेको छैन । आयोजनाको निर्माणको मिति सकिएर पनि सञ्चालनमा आउन नसकेका आयोजनाका सवालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ’रुग्ण ठेक्काको अध्ययन तथा विश्लेषण, २०७५’ सार्वजनिक गर्दै सरकारको ध्यानकर्षण गराएको थियो ।

एक वर्षको अविधमा रुग्ण रहेका आयोजना एक हजार ८ सय ४८ मध्ये जम्मा ६ सय १८ वटाको मात्रै निर्माण कार्य सकिएको अख्तियारको ’रुग्ण ठेक्काको अध्ययन तथा विश्लेषण, २०७५’ को दोस्रो भागले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गरेको अध्ययनमा २८ ठेक्का सम्झौता अन्त्य गरिएको उल्लेख छ । अध्ययन प्रतिवेदनमा ८६ अर्ब ४४ करोड बराबरका १२ सय दुई ठेक्का हालसम्म पनि क्रमागत अवस्थामा रहेको देखिएको छ ।

त्समध्ये ११ सय ५३ वटा क्रमागत देखिएका ठेक्काको हालसम्म पनि म्याद थपसम्बन्धी कुनै पनि निर्णय भएको लिन नसकेर अन्योलमा छन् भने ४९ ठेक्काको मात्र म्याद थपसम्बन्धी निर्णय भएको देखिएको छ । १२ सय दुई रुग्ण अवस्थामा रहेका ठेक्कामध्ये चार सय दुईको प्रगति ८० प्रतिशतभन्दा बढी, ३ सय १५ ठेक्का सम्झौताको प्रगति ५० देखि ८० प्रतिशत बीचमा तथा ४ सय ८५ ठेक्का सम्झौताको प्रगति न्यून अथवा ५० प्रतिशतभन्दा कम प्रगति भएको देखिएको छ ।

यो प्रगति पछिल्लो एक वर्षको मात्रै नभई अहिलेसम्मको प्रगति हो । सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनका क्षेत्रमा अध्ययन तथा विश्लेषण गरेपछि एक वर्षको अवधिमा सम्बन्धित मन्त्रालय, विभागसँग समस्या समाधानका लागि पटकपटक अन्तरक्रिया, छलफल तथा सहजीकरण समेत भएको अख्तियारले जनाएको छ । अख्तियारले ६ सय १८ आयोजना निर्माण सम्पन्न हुनु उपलब्धिमूलक भए पनि अझै कामले प्राथमिकता पाउन नसकेको जनाएको छ ।

विश्लेक्षण प्रतिवेदनअनुसार २०७५ मंसिरसम्म कुल १ खर्ब १८ करोड अर्ब बराबरका जम्मा १८ सय ४८ ठेक्का सम्झौताबमोजिमको समयावधिभित्र सम्पन्न हुन नसकी रुग्ण अवस्थामा रहेको देखिएको थियो । तर, एक वर्षको अवधिमा करिब ३२ अर्ब लागत बराबरका आयोजनाको काम सकिएको छ ।आयोगले ठेक्काको अध्ययन गरेपछि सहजीकरणको लागि २७ बुँदे सुझाव दिँदासमेत काममा सुधार नभएको जनाएको छ । आयोगले ठेक्का विश्लेषण गरेर थप यो वर्ष पनि प्रतिवेदन निकालेको र सुधारमा सहयोगी हुन सक्न पनि जनाएको छ । सौर्य दैनिकबाट




भर्खरै