२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका इन्दिराको ‘हल्का हल्का गुनगुनायो’



अ+ अ-

काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो‘’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङरमाष्टरिङ गरेका छन् ।

निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र सुरेश काफ्लेको ड्रोन रहेको छ ।

दर्जनौ गीत मार्फत स्रोतारदर्शकको मन मष्तिकमा राज गर्न सफल इन्दिराका माया प्रेम, आधुनिक, तीजकालगायत थुप्रै गीत सार्वजनिक छन् । ‘मेरा अन्य गीत जस्तै ‘हल्का हल्का गुनगुनायो‘’ले पनि स्रोतारदर्शकको साथ पाउनेमा आशावादी छु’, इन्दिराले भनिन् ।




भर्खरै