१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

टिकटकको भाइरल ‘खप्पर फोर्ने’ च्यालेन्ज एकदमै खतरनाक !

टिकटकको भाइरल ‘खप्पर फोर्ने’ च्यालेन्ज एकदमै खतरनाक !
अ अ+ अ-

सर्ट भिडियो मेकिङ एप टिकटकमा भिडियो नबनाउनेहरु सायदै होलान् । यसमा भिडियो बनाउन कयौं सेलिब्रेटीहरु समेत पछि परेका छैनन् । यो एप आफैमा नराम्रो मान्न सकिन्न् तर यसको प्रयोगको नाममा भएका डरलाग्दा परिणामहरुले भने कयौं अभिभावकहरु पछिल्लो समयमा निराश बनेका छन् । आहिले टिकटकमा एउटा निकै नै डरलाग्दो च्यालेन्ज आएको छ ।

ट्रिपिङ्ग जम्प अर्थात् स्कल ब्रेकर भनिने उक्त अनौठो स्पर्धा विश्वका धेरै ठाउँमा विद्यालय तथा अभिभावकहरूका लागि टाउको दुखाइको विषय बनिसकेको छ । टिकटकको यो खतरनाक खेलका कारण अहिलेसम्म केही किशोर किशोरी विद्यार्थीहरू घाइते बनिसकेका छन् । युरोप तथा अमेरिकाका विभिन्न ठाउँका स्कुले विद्यार्थीहरूले टिकटकको यो च्यालेन्जमा भाग लिएका जोखिमपूर्ण भिडियोहरू टिकटकमा भाइरल बनिरहेका छन् ।

टिकटकमा भाइरल बनिरहेको यो च्यालेन्जमा तिनजना मानिसहरू लहरै उभिन्छन्, एकजना बीचमा र अरु दुईजना उसको दायाँ बायाँ । त्यसपछि बीचमा रहेको मानिस माथि उफ्रिन्छ र त्यो बेला दायाँ बयाँ रहेका मान्छेले उसको खुट्टामा लात्ताले हिर्काउँछन् । यसो गर्दा उफ्रिने व्यक्ति भुइँमा पछारिन्छ । उफ्रिने मानिस भुइँमा पछारिने भएकैले यो च्यालेन्जलाई स्कल ब्रेकर अर्थात् खप्पर फोर्ने च्यालेन्ज पनि भनिएको हो ।

युरोप र दक्षिण अमेरिकामा विद्यार्थीहरूबीच टिकटकको यो च्यालेन्जमा सहभागी भई ज्यानै जोखिममा पार्ने क्रम बढेपछि कतिपय विद्यालयहरूले अभिभावकका लागि चेतावनी नै जारी गर्नुपरेको बताइएको छ । डाक्टरहरूका अनुसार यो च्यालेन्ज निकै जोखिमपूर्ण छ र यसमा भुइँमा पछारिने व्यक्तिको सरीरका जुनसुकै हड्डी भाँचिने तथा जिउमा चोटपटक लाग्ने जोखिम हुन्छ ।