२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराको सुनुवाई सकियो, फैसला भोलि हुने



अ+ अ-

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिएपनि सोमबार मात्रै फैसला सुनाइने भएको छ ।

महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धी लागेको मुद्दामामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ । आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सम्पन्न भएको हो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्य लगायत वकिलहरु र सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलरुले बहस गर्नुभएको थियो । संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।