१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनः सुनसरी–४ बाट पाँच जनाको नाम सिफारिस



फाइल फोटो
अ+ अ-

सुनसरी। नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रीय कमिटी बैठकले दाहालसँगै महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम सिफारिस गरेको हो ।

यस्तै, समानुपातिकतर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार जिल्लाका बाँकी तीन वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्ग्याइ केन्द्रमा सिफारिस गरिनेछ । रासस




भर्खरै