२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गा प्रकरणमा जोडिएका ‘वोल्ड निर्णय गर्ने क्रान्तिकारी छवि’ भएका न्यायाधीशहरु !



अ+ अ-

अहिले ललिता निवासको जग्गा प्रकरणमा सिआईविले छानविन गरी किर्तेमा मुद्दा चलाउने भनी मिडियामा समाचार आई रहेको छ । ललिता निवास भित्रको जग्गाको विषयमा पहिला पनि यो सार्वजनिक हो भनी अख्तिायार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोमा सो निवेदन उपर कारवाही गर्नु नपर्ने भनी २०६०/०३/१८ गते सुर्यनाथ उपाध्याय नेतृत्वको आयोगले निर्णय गरी यी जग्गाहरु व्यक्तिको नाममा पुर्‍याएको रहेछ ।

पछि आयोगको नेतृत्व परिवर्तन भए संगै नया उजुरी परेको र सो उजुरी उपर प्रारम्भीक अनुसन्धान भए पछि २०६३/१२/२२ गते ति जग्गा रोक्का राखि पछि २०६४/२/२० गते ललिता निवास भित्रको जग्गा नेपाल सरकारको नाममा लैजाने निर्णय आयोगले गरेको देखिन्छ ।

सो आयोगको निर्णय विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा माननिय न्यायाधिश वलराम केसि र राजेन्द्र प्रसाद कोईरालाले ९२०६४ को रिट नं १६२० फास्टट्राकमा फैसला गरी सुर्यनाथ उपाध्यायको समयमा व्यक्तिको नाममा हुने गरी आयोगले गरेको निर्णयलाई सिरानी हाली अख्तियारको२०६४/२/२० गते  निर्णय वदर गरी जग्गालाई व्यक्तिको नाममा लैजाने वाटो खुला गरि दिएको थियो ।

डिभिजन वेञ्चको उक्त आदेश विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावलोकनको निवेदन (२०६४ को रिट नं १६२ दिएको थियो । २६५ मंसिर २० गते न्यायाधिशहरु मिनवहादुर रायमाझी, अनुपराज शर्मा र खिलराज रेग्मीले सर्वोच्च अदालतको डिभिजन वेन्चवाट भएको फैसला उपर पुनरावलोकनको निस्सा दिएन र सो फैसला अन्तिम भएको छ ।
यसरी अदालत भित्र “निस्कलंक” र “वोल्ड डिसिजन गर्ने क्रान्तिकारी छवि भएका” माननिय न्यायाधिशले गरेको फैसला कार्यन्वयन गर्ने कर्मचारीहरुलाई किर्तेमा कारवाही गर्ने तयारी भएको भन्ने मिडियावाट सुनिएको छ । 

वहालवाला न्यायाधिशलाई कारवाही गर्न मिल्छ भनी वोल्नु हुने ति माननिय न्यायाधिशहरु भुतपुर्व हुन । के उनिहरु उपर छानविन हुनु नपर्ने हो ?