४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ

हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ
अ+ अ-

काठमाडौं । ललितपुरमा बोरामा प्याक गरिएको अवस्थामा शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ।

प्रहरीका अनुसार हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक नगरपालिका–७ को जंगलमा फेला परेको हो।

यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो।

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो। उनीसँगको सोधपुछका क्रममा जयराज अधिकारीको नाम खुलेपछि प्रहरीले आज बिहान सिन्धुलीबाट जयराजलाई पनि पक्राउ गरेको हो।

प्रहरीका अनुसार जयराज अधिकारीले पारुहाङ राईको पनि हत्या गरेको स्वीकार गरेका छन्। उनले बताएअनुसारकै स्थानबाट प्रहरीले पारुहाङ राईको शव फेला पारेको जनाएको छ।

देवराज ढुंगेल र जयराज अधिकारीले गत मंसिर २४ गते केशवराज हायुको हत्या गरेको र त्यसको भोलिपल्ट मंसिर २५ गते पारुहाङ राईको पनि हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले दुवै अभियुक्तले दुई जनाको हत्या गरेको स्वीकार गरेको जानकारी दिए। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।