२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ



अ+ अ-

काठमाडौँ । विराटनगरमा सञ्चालनमा रहेका दुई क्यासिनोमा आइतबार राति प्रहरीले छापा मार्दा २० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगरस्थित गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा छापा मारेको हो।

छापाका क्रममा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

एसपी कटवालका अनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध रहे पनि नेपालीहरू भेटिएकाले उनीहरूलाई पक्राउ गरिएको हो। “क्यासिनोमा नेपाली प्रवेश निषेध छ। निषेध गरिएको स्थानमा नेपालीलाई प्रवेश गराएको पाइएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,” उनले भने।

पक्राउ परेकामध्ये केहीले आफू कर्मचारी भएको दाबी गरेपछि प्रहरीले परिचयपत्र माग गरी ‘स्क्रिनिङ’ प्रक्रिया अघि बढाएको जनाएको छ। स्क्रिनिङ पूरा भएपछि मात्रै कति जनाविरुद्ध मुद्दा दर्ता हुन्छ भन्ने यकिन हुने एसपी कटवालले बताए।

प्रवेश निषेध रहेको क्यासिनोमा नेपालीहरू निर्बाध रूपमा जुवाजन्य खेल खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको प्रहरीले जनाएको छ।