४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
अ+ अ-

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँच जना व्यावसायिक फोटो पत्रकारलाई सम्मानित गरेको छ ।

ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतित्यमा आज यहाँ सम्पन्न कार्यक्रममा विभिन्न पाँच विधामा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ प्रदान गरेको हो ।

एनएफपिजेले ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नवीनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुवास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शङ्कर भुजेललाई प्रदान गरेको हो ।

सो अवसरमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हार्तम्छालीले ‘फोटोग्राफी’ समाजमा सबैभन्दा सरल, छिटो, जीवन्त र प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गरी व्यावसायिक ढङ्गबाट अघि बढ्न सुझाव दिनुभयो ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले देशभर क्रियाशील फोटो पत्रकारहरूको सामाजिक तथा पेशागत सुरक्षा, व्यावसायिक सशक्तीकरण र सूचना प्रविधिको विकाससँगै आधुनिक प्रविधिमा आधारित क्षमता विकासलाई प्राथमिकता दिँदै सङ्गठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ र महासचिव घनश्याम श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुत एनएफपिजेको विशेष पहलमा सङ्गठन विस्तार, क्षमता विकास, अन्तरराष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ एनएफपिजेका सचिव प्रवीन कुलुङ राई र ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो ।

सो अवसरमा एनएफपिजका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाइ सुवाल, राजेन्द्र चित्रकारसहित वरिष्ठ फोटोपत्रकार एवं जिल्ला प्रतिनिधिहरूको उपस्थिति थियो ।