४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन
अ+ अ-

एजेन्सी । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, को १०५ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उहाँकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिनुभयो ।

उहाँको निधनसँगै पर्ल हार्बरको आकस्मिक आक्रमणबाट बाँचेकाहरूको सङ्ख्या करिब एक दर्जनमा सीमित भएको छ । उक्त आक्रमणमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गएको थियो र यसले संयुक्त राज्य अमेरिकालाई दोस्रो विश्वयुद्धमा प्रवेश गराएको थियो ।

आक्रमणका बेला स्काब केवल २१ वर्षका जवान नाविक हुनुहुन्थ्यो । लामो समयसम्म उहाँले त्यो भयावह अनुभवबारे धेरै बोल्नुभएन । तर पछिल्ला वर्षहरूमा जीवित साक्षीहरू क्रमशः घट्दै गएको महसुस गरेपछि उहाँ ओरेगनस्थित आफ्नो घरबाट हवाई पुगेर पर्ल हार्बरको वार्षिक स्मरण कार्यक्रममा सहभागी हुन थाल्नुभएको थियो । सन् २०२३ मा उहाँले ‘असफल नभएका साथीहरूलाई सम्मान गर्न’ आफू त्यहाँ जाने गरेको बताउनुभएको थियो ।

गत वर्षको स्मरणोत्सवका लागि उहाँले खडा भएर सम्मान प्रकट गर्न सक्ने शक्ति जुटाउन हप्तौँ अभ्यास गर्नुभएको थियो । तर यस वर्ष भने स्वास्थ्यले साथ नदिएपछि सहभागी हुन सक्नुभएन । त्यसको केही सातापछि नै उहाँको निधन भयो ।

सन् १९२० मा शिकागोमा स्वतन्त्रता दिवसका दिन जन्मिनुभएका स्काब तीन दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो । उहाँले आफ्ना पिताको पाइला पछ्याउँदै १८ वर्षकै उमेरमा अमेरिकी नौसेनामा सेवा प्रवेश गर्नुभएको थियो ।

सन् १९४१ डिसेम्बर ७ को त्यो आइतबार बिहान शान्त वातावरणमा युएसएस डोबिन जहाजको ब्यान्डमा टुबा बजाइरहनुभएका स्काब आफ्ना भाइको भेटको प्रतीक्षामा हुनुहुन्थ्यो । नुहाएर सफा वर्दी लगाइसकेका बेला अचानक आगलागी उद्धारको सङ्केत सुन्नुभयो । डेकमा निस्कँदा नजिकैको युएसएस उटाह पल्टिएको र जापानी विमानहरू आकाशमा घुमिरहेको दृश्य देख्नुभयो ।

“हामी अत्यन्तै स्तब्ध भयौँ, डरले जमेको जस्तो भएको थियो”, उहाँले सन् २०२३ मा सम्झनुभएको थियो, “के हुन्छ भन्ने थाहा थिएन, तर केही भयो भने त्यो गम्भीर हुने निश्चित थियो ।”

उहाँ तुरुन्तै गोला–बारुदका बक्स लिन डेक मुनि झर्नुभयो र विमान–विरोधी तोपमा गोला पुर्याइरहेका सहकर्मी नाविकहरूसँग मिलेर काम गर्नुभयो । नौसेनाको रेकर्डअनुसार उहाँको जहाजले आक्रमणमा तीन जना नाविक गुमाएको थियो ।

स्काबले युद्धको अधिकांश समय प्रशान्त महासागर क्षेत्रमा बिताउनुभयो । नयाँ हेब्रिड्स (हालको भानुआटु), मारियाना टापुहरू हुँदै उहाँ जापानको ओकिनावासम्म पुग्नुभयो ।

युद्धपछि उहाँले एयरोस्पेस इन्जिनियरिङ अध्ययन गर्नुभयो र अपोलो अन्तरिक्ष कार्यक्रमअन्तर्गत जनरल डायनामिक्समा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गर्नुभयो, जसले मानवलाई चन्द्रमामा पुर्‍याउन महत्त्वपूर्ण योगदान पु¥याएको थियो । उहाँका छोरा पनि नौसेनामा सेवा गरेर सेवानिवृत्त कमान्डर बन्नुभएको छ ।

सन् २०२२ को एक समारोहमा बोल्दै स्काबले पर्ल हार्बरमा सेवा गर्ने सबैलाई सम्झन र सम्मान गर्न आग्रह गर्नुभएको थियो । “उनीहरू यहाँ किन थिए, त्यो सम्झनुहोस् । बाँकी रहेकाहरूलाई सम्मान गर्नुहोस्, जिउँदा वा दिवङ्गत, सबैले अत्यन्तै ठूलो काम गरेका छन्”, उहाँले भन्नुभएको थियो ।