५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन



अ+ अ-

काठमाडौं, पुष ५: खराब प्रदर्शन गरेपछि एपिएफ साफ क्लब महिला च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उचाल्ने अवसर गुमाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपिएफ शनिबार भारतीय टोली इस्ट बंगालसँग ३–० को लज्जास्पद हार सामना गरेपछि उपाधि उचाल्न असफल भयो ।

इस्ट बंगालकी कप्तान फाजिला इक्वापुटले दुई र सिल्कीदेवि हमामले एक गोल गरिन् । कमजोर रक्षपंक्ति र गोलकिपिङका कारण एपिएफले सहजै नतिजा सुम्पिन पुग्यो । इस्ट बंगाल यस प्रतियोगिताभर एक गोल पनि नखाई उपाधि उचाल्न सफल भयो । एपिएफले पनि यसअघि एक गोल पनि खाएको थिएन । तर, फाइनलमा भने एपिएफले तीन गोल सामना ग¥यो । नेपाली महिला फुटबलमा १४औं फाइनलमा पनि नेपाली खेलाडी उपाधि जित्न असफल भयो । खेल अवधिभर एपिएफले दबाबमै रहेर खेल्यो ।

खेलको २२औं मिनेटमा कप्तान फजिलाले इस्ट बंगाललाई अग्रता दिलाइन् । सरिता युम्नामको पास सदुपयोग गर्दै इक्वापुटले बललाई जाली चुमाइन् । देब्रे भागमा एपिएफकी डिफेन्डर मनमाया दमाइले हेडर क्लियर गर्न नसकेको बललाई फजिलाले नियन्त्रणमा लिइन् । उनले एपिएफकी अर्की डिफेन्डर गीता रानालाई पनि छक्याउँदै गोल गरिन् ।

योसँगै एपिएफले यस च्याम्पियनसिपमा पहिलो गोल ग¥यो । इस्ट बंगाल एपिएफको क्लिन सिट तोड्ने एक मात्र टोली बन्यो । यो गोलपछि इस्ट बंगालले लगातार आक्रमण बुन्यो । ३५औं मिनेटमा इस्ट बंगाल सफल पनि भयो । सिल्कीदेविले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाइन् ।

आशालता देवीले राइट साइटबाट गरेको क्रसलाई सिल्कीदेवीले टप कर्नर हेडरबाट गोल गरेकी हुन् । त्यसअघि तेस्रो मिनेटमा एपिएफकी रश्मीकुमारी घिसिङले अवसर गुमाइन । रश्मिले पेनाल्टी बक्सभित्र हिराकुमारी भुजेलले दिएको क्रस नियन्त्रणमा लिन नसक्दा अग्रता गोल गर्न असफल भइन् ।

२३औं मिनेटमा अञ्जनाले एपिएफको खतरा टारिन् । इस्ट बंगालकी रेस्टी नान्जिरीले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारलाई अञ्जनाले नियन्त्रणमा लिएकी थिइन् । त्यसपछि थप गोल भएन र पहिलो हाफमा इस्ट बंगाल २–० ले अगाडि रह्यो । दोस्रो हाफको सुरुमै एपिएफले तेस्रो गोल पनि बेहो¥यो ।

४७औं मिनेटमा एपिएफकी गोलकिपर अञ्जनाको गल्तीमा इस्ट बंगालले तेस्रो गोल गरेको हो । पेनाल्टी बक्स बाहिरबाट फाजिलाले गरेको सट अञ्जनाले हातमा पुगे पनि फुत्किएर गोल हुन पुग्यो । ५२औं मिनेटमा एपिएफले गोल अवसर बुन्यो । अनिता बस्नेतको कर्नर प्रहारमा रश्मिको हेडर इस्ट बंगालकी गोलकिपर पान्थोई चान्नुले सहजै नियन्त्रणमा लिइन् ।

५६औं इस्ट बंगालकी फाजिलाले वान भर्सेस वानको स्थितिमा गोल गर्न सकिनन् । त्यसपछि इस्ट बंगाल र एपिएफले केही अवसर बुने पनि सफल भएन । भारतीय टोली इस्ट बंगालले पहिलो संस्करणको क्लब च्याम्पियनसिपको उपाधि उचाल्यो ।

 किरणराज विष्ट / रासस