४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड

एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित  पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गर्नुभएको हो । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको प्रक्रियालाई अघि बढाउने काममा एकतावद्ध भएर अघि बढ्न पनि एमालेलाई आग्रह गर्नुभयो । उहाँले नेपाली जनता निर्वाचनको तयारी अवस्थामा अघि बढी रहेको र काँग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अव निर्वाचनलाई सम्पन्न गर्ने काम नै राष्ट्रको मुख्य काम भएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो,‘अहिले घोषणा भईसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता विस्तारै निर्वाचनको लागि तयार भईराखेको छ । राजनीतिक दलहरु कोही कोर्टमा गएपनि मैले बुझेसम्म नेपाली काँग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ । एमाले पार्टी बाहिर जेसुकै कुरा बोलेपनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डवल स्टयान्डरको कुरा नगरौ, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔ । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यक्ता बन्न गएको छ ।’

अध्यक्ष दाहालले निर्वाचन मुलुकको राष्ट्रिय आवश्यक्ता भएकाले त्यसबाट पछि हटन नमिल्ने पनि बताउनु भयो ।