४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द

देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना रहेको बताउनुभएको छ ।

काठमाडौंमा शनिवार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताउनु भयो । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उहाँले आशंका जनाउनु भयो । सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको उहाँको भनाई छ ।

प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्नुहुँदै उहाँले निर्वाचन हुनेमा शंका व्यक्त गर्नुभयो । उहाँले सर्वपक्षिय अन्तरिम सरकार गठन गरेर अगाडी बढ्नुपर्नेमा पनि जोड दिनुभयो । सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उहाँको भनाई । उहाँले जेन–जीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा चुनाव हुन्छ कि हुन्न, एउटा शंका छ, सबैलाई । सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याईरहेका छैनन् । पुलिसहरुको हतियार कति लुटियो भन्दाखेरी लगभग १६ सय हतियार लुटियो भन्नेछ । त्यो १६ सय हतियारहरु फिर्ता भएको छैन । प्रहरी साथीहरुसँग भेट हुँदा के भन्नुहुन्छ भने, चुनाव गर्न सक्नेगरि प्रहरीको मनोबल उठेको छैन । प्रहरीहरुलाई कुटिकुटि मारियो, प्रहरीलाई कुटेर मार्दाखेरी पनि मान्छेहरु कसैले वास्ता गरेनन्, यो कुरा आईरहको छ । कर्मचारीहरुमा मनोबल छैन । पैसा छैन, आदी इत्यादी धेरै कुराहरुले गर्दाखेरि देश शान्तितिर परिवर्तनतिर नजाने हो की भन्ने चिन्ता अहिले व्यापाक रुपमा उठिरहेको छ । त्यसैले हाम्रो पार्टीले के भनेको छ भने नयाँ अन्तरिम सर्वपक्षिय सरकार बनाएर जेनजीका मागहरु सम्बोधन गरेर अनि सम्भव हुन्छ भने नेपालमा एकचोटी प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने जेन–जीको पनि माग हो, हाम्रो पार्टीको पनि माग हो । यो पटक हुने चुनावमा नेकपा माओवादी पनि भिड्नेछ, त्यसमा तपाईहरुको पुस्तालाई पनि सहभागी गराउने हाम्रो चाहना छ । या चुनावमा सँगै जाने, देशभर जाने । हामीले जनतालाई अपिल गर्नेछौँ । यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौ, जेल पनि गयौँ, किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमिहरु एक चोटी गरेर देखाउ न भनेर तपाईहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ, यो हामी गर्छौँ ।’

उहाँले वर्तमान सरकारले जेन–जी आन्दोलनको मागअनुसार भ्रष्टचारीलाई कारबाही अगाडी नबढाएको आरोप पनि लगाउनु भयो । यो सरकारले जेन–जीका माग पूरा गर्न नसक्ने उहाँको भनाई छ । उहाँले निर्वाचनमार्फत नयाँशक्तिको उदय हुनुपर्नेमा पुरानै शक्तिहरु सलबलाउन थालेको पनि बताउनु भयो ।