१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ



अ+ अ-

काठमाडौँ। झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा झुटो कारोबार गरेको पाइएपछि आजै पक्राउ अनुमति लिई उनलाई आजै पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी दीपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेको पाइएको छ ।

उनले उच्च मूल्यमा शेयर बिक्री गरी करिब रु ४९ लाख १९ हजार ८६५ कानुन विपरीत नाफा आर्जन गरेको पाइएको सिआइबीले जनाएको छ । अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिद–बिक्री तथा आफन्त÷सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको सिआइबीले जनाएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अग्रवाललाई आजै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी खोजतलासका क्रममा काठमाडौँ महानगरपालिका ४ चुनदेवीबाट आजै पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको सिआइबीले जनाएको छ । रासस




भर्खरै