४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो



अ+ अ-

गुल्मी। गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको छ ।

गुल्मी रेसुङ्गा नगरपालिका–४ स्थित पनाहा खोलामा मङ्सिर २० गते भेटिएको शव रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार बुवा कृष्ण पोखरेलले उक्त शव आफ्नो छोराको भएको भनी सनाखत गरेपछि पहिचान खुलेको हो ।

मनोज मङ्सिर १८ गतेदेखि घरबाट हराएका थिए । शरीरमा चोटहरू भएको कारण उहाँ आफैँले ज्यान गुमाए वा कसैले हत्या ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।