४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल



अ+ अ-

काठमाडौँ । नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहनुभएका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो ।

नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९९४०ं बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक रुपमा कार्य गरिरहनुभएका धरेलले विगत आठ वर्षदेखि कूटनीतिक क्षेत्रमा पनि सक्रिय रही नेपाल–डेनमार्क सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न विभिन्न काम गर्दै आउनुभएको छ ।

दुई देशबीच लामो घनिष्टसम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने महावाणिज्यदूत धरेलले बताउनुभयो । विभिन्न कारण काठमाडौँबाट नयाँदिल्ली स्थानान्तरण भएको डेनमार्कको दूतावासलाई पुनः नेपालमै फिर्ता ल्याउन पहल गर्ने उहाँले उल्लेख गर्नुभयो ।




भर्खरै