९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं

बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं
अ अ+ अ-

चितवन। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि विश्वमै उदाहरणीय भएको बताउनुभएको छ ।

राष्ट्रिय बाघ सर्र्वेक्षण २०२५÷२६ का अवसरमा आज यहाँ आयोजित उद्घाटन समारोहमा मन्त्री चौलागाईंले बासस्थानमा सुधार, आहारा प्रजातिको व्यवस्थापन, संरक्षण क्षेत्र विस्तार, चोरी सिकारी नियन्त्रण र समुदायस्तरमा भएका संरक्षणका कार्यले नै बाघ संरक्षणमा सफलता प्राप्त भएको बताउनुभयो ।

मन्त्री चौलागार्इंले भन्नुभयो, “यो संरक्षणको दिगोपनाका लागि बाघ गणना महत्वपूर्ण हुनेछ, यो वैज्ञानिक पद्धति भएकाले यसबाट प्राप्त हुने तथ्याङ्कले भावी दिनमा नीतिमा निर्माणमा सहयोग पुग्नेछ ।” संरक्षण क्षेत्र बाहिर बाघ आएपछि मानवसँग हुने द्वन्द्वलाई पनि मध्यनजर गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै उहाँले जलवायु परिवर्तनले बाघको बासस्थानमा आउने परिवर्तनले पनि संरक्षणमा पर्ने असरमा ध्यान दिन आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा मन्त्री चौलागाईंले जेनजी आन्दोलनपछि जनताको परिवर्तनको म्यान्डेटअनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सोही भावनाअनुसार आफूले पनि काम गर्ने र सम्बन्धित सबैलाई आ–आफ्नोतर्फबाट काम गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्र्देशक डा बुद्धिसागर पौडेलले बाघ जति सुन्दर छ, त्यति नै जोखिममा रहेको बताउँदै बाघ संरक्षणमा सबैबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले बाघ संरक्षणमा प्राप्त भएका उपलब्धि सरोकारवाला सबैको सहकार्य र साझेदारीबाट नै भएको उल्लेख गर्दै बाघ गणना कठिन तथा जोखिम कार्य भएको बताउनुभयो । उहाँले फिल्डमा खटिने कर्मचारीलाई आफ्नो सुरक्षामा ध्यान दिएर काम गर्न सुझाव दिनुभयो ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्र प्रधानले पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको विषय वन्यजन्तु संरक्षणमा गौरवको विषय भएको बताउँदै यसमा समुदायको योगदान ठूलो रहेको बताउनुभयो । उहाँले निकुञ्ज बाहिर क्षेत्रमा हुने मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न बाघमा रेडियो कलर जडान गरी उनीहरुका आवतजावतका बारेमा अनुगमन गरेर द्वन्द्वलाई कम गर्न सकिनेमा जोड दिनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बाघ गणना अवसर र चुनौती दुवै भएको बताउँदै यसमा स्पष्ट तथ्याङ्क ल्याउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले बाघ गणनासँगै आहार र बासस्थान व्यवस्थापनका काम पनि सँगै अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले यस कार्यमा समुदायको संलग्नता बढाउन सकेमा दिगो र सुरक्षामा सफलता मिल्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का निर्देशक डा चिरञ्जीवीप्रसाद पोखरेलले बाघ गणनामा विगतमा आफूले गरेको कामको अनुभव सुनाउँदै सबैको सहकार्यले मात्र दिगो संरक्षण हुने बताउनुभयो । उहाँले यस क्षेत्रमा स्थानीयको आयस्रोतको प्रमुख माध्यम पर्या–पर्यटन भएको र बाघ त्यसको प्रमुख आधार भएकाले पनि बाघ संरक्षणमा सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले वन्यजन्तुको संरक्षणसँगै मानव–वन्यजन्तुबीच हुने द्वन्द्वलाई न्यूनीकरण र व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले नदीलाई डम्पिङसाइट बनाउँदा फोहर पानी खाएर वन्यजन्तुलाई हानि हुने गरेकोतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालका राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहालले पर्या–पर्यटनको मुख्य आधार नै बाघ भएको बताउँदै बाघ संरक्षणका लागि भएका प्रयासमध्ये सर्वेक्षण प्रमुख कार्य भएको बताउनुभयो । उहाँले यस क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न राज्यकोतर्फबाट थप संस्थागत कार्यको आवश्यकता औँल्याउनुभयो ।

निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघको उचित व्यवस्थापनका लागि सङ्ख्या नियमित रुपमा यकीन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले नेपालले वन्यजन्तु संरक्षणमा प्राप्त गरेका उपलब्धिले विश्वमै प्रतिष्ठा बढेको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले स्वास्थ्य पारिस्थितिकीय प्रणालीका लागि बाघको संरक्षण आवश्यक रहेको र पर्यटनको प्रमुख रोजाइ पनि बाघ भएकाले यसको व्यवस्थापन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु गर्न लागिएको हो । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाट्न गरी बाघ गणना सुरु गरिएको छ ।

निकुञ्ज विभागको नेतृत्व र वन विभागको समन्वयमा गरिने बाघ गणनामा एनटिएनसी, डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालको सहयोग रहेको छ । दुई सय ५० प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ ।

निकुञ्ज विभागका अनुसार गणनामा करिब रु तीन करोड खर्च लाग्ने बताइएको छ । यसअघिकै खरिद गरिएका सबै एक हजार १०० क्यामेरा प्रयोग गर्न लागिएको छ । प्रतिक्यामेराको मूल्य करिब रु ३५ हजार रहेको छ । नेपालले सन् २००९ देखि स्वचालित क्यामेरा ट्यापबाट प्रणालीबद्ध रुपमा बाघ गणना गर्न थालेको हो ।

सन् २०२२ को राष्ट्रिय गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको छ । पाटेबाघ विश्वमा नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाइन्छ । रासस