९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने भएको छ।

पार्टी केन्द्रीय निर्वाचन आयोगले मतदानको समय आज साँझ ७ बजेदेखि भोलि (पुस २) बिहान १ बजेसम्म तोकिएको जानकारी दिएको छ।

यसअघि आज बिहान १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर, निर्वाचन कार्यतालिका संशोधन गर्दै साँझ ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको हो।

निर्वाचन आयोगका अनुसार रातभरमै मतदान तथा अन्य निर्वाचन कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।