काठमाडौं । नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ।
यति बेला एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेको उहाँले बताउनु भयो ।
‘हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेका छौँ,’ उहाँ सामाजिक सञ्जलामा लेख्नुहुन्छ, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरू लाई बलियो, शसक्त, अनुशासित र गतिशिल संगठन मार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ।’
साथै उहाँले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गर्नु भएको छ।










