९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

गौतमले सार्वजनिक भएका पदाधिकारीका नामावलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेका छन्। “फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन,” उनले भने।

उनका अनुसार यसअघि नै आफूले पार्टी अध्यक्षलाई आफ्नो विषयमा जानकारी गराइसकेका थिए। “मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिएँ। तर जस्तो नामहरू प्रचारमा आए, त्यसपछि अब म उपमहासचिवको उम्मेदवार बन्छु,” गौतमले बताए।

पार्टीभित्र पदाधिकारी चयनको प्रक्रियालाई लिएर असन्तुष्टि देखिन थालेको सन्दर्भमा गौतमको स्वतन्त्र उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




भर्खरै