४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा

एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। दुवै नेता आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

ओली प्यानलः शंकर पोखरेल महासचिवमा दोहोरिने निश्चित

अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा शंकर पोखरेल महासचिव पदमै दोहोरिने लगभग निश्चित भएको छ ।

उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ ।

ओली समूहले प्रदीप ज्ञवालीलाई उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम अन्तिम रूपमा टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ।

उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठ उम्मेदवार बनेका छन्। सचिव पदका ९ उम्मेदवारका रूपमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ।

पोखरेल प्यानलः महासचिवमा सुरेन्द्र पाण्डे

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो प्यानल अन्तिम रूप दिएका छन्। महासचिव पदमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ।

उपाध्यक्ष पदका उम्मेदवारका रूपमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम पक्का भएको छ।

उपमहासचिव पदमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ भने बैजनाथ चौधरी पनि उपमहासचिवको सूचीमा छन्।

सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नाम करिब टुंगो लागेको स्रोतले जनाएको छ। पोखरेल समूहले कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटालाई पनि सचिव उम्मेदवारको सूचीमा राखेको छ।

निर्वाचन कार्यतालिका
निर्वाचन समितिका अनुसार आज सबै प्रक्रिया पूरा गरी पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ।

प्रारम्भिक नामावलीमाथि उजुरी दिने समय २ः३० देखि ३ बजेसम्म तोकिएको छ। उजुरीमाथि आवश्यक जाँचबुझपछि आज साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिने छ।