३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा



अ+ अ-

चितवन। नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

भरतपुर महानगरपालिका–१३ उज्वलनगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाकको स्वीटर वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । उपशाखाकी सभापति कृपा राजभण्डारीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरुलाई जाडोका कारण विद्यालय छोड्ने वातावरण नबनोस् भनेर न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

जिल्ला शाखाका सभापति पौडेल, वडा सदस्य विना दवाडी, विद्यालयकी प्राध्यानाध्यापक रिपा दवाडीलगायतले जाडो समयमा विद्यार्थीहरुले विद्यालय छाड्ने गरेको बताउनुभयो । रासस