९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई सहभागी हुन भनिएको छ।

बैठकमा आगामी महाधिवेशनको कार्यतालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लास्तरबाट प्राप्त उम्मेदवार सिफारिसलगायतका विषयमा छलफल हुने जनाइएको छ।

पार्टीको आगामी राजनीतिक कार्यदिशा र निर्वाचन रणनीतिका सन्दर्भमा बैठकलाई महत्वपूर्ण मानिएको छ।