२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब बन्ने पार्टी संरचनाबारे जानकारी गराएका छन् । उनका अनुसार बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी रहनेछन् । यससँगै स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ । यी सबै गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।

गौतमका अनुसार केन्द्रीय कमिटीको संरचनामा मात्र हेरफेर गरिएको हो, पार्टीको मूल राजनीतिक लाइन र नीतिमा भने कुनै परिवर्तन गरिएको छैन ।

यसअघि तीन महिनाअघि गोदावरीमा सम्पन्न विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी रहने गरी २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।