४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी

राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निवार्चन समयमा सम्पन्न गराउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँ मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौती सामना गर्न महाधिवेशन राष्ट्रहिततर्फ केन्द्रित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

महामन्त्री बुर्लाकोटीले भन्नुभयोे,“राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निर्वाचन समयमा नै सम्पन्न गर्न र लोकतन्त्रलाई लिकमा ल्याउने वातावरण बनाउन एमालेपछि हट्ने छैन । यसका लागि राष्ट्रिय दलहरू सकारात्मक र प्रशंसनीय भूमिका निर्वाह हुने अपेक्षा गर्दछौँ।”

उहाँले अनावश्यक क्षेत्रमा दलीय र चरम राजनीतिकरण रोक्नुपर्नेमा जोड दिँदै पुराना दलहरूले लोकतन्त्रको स्थापनाका लागि केही त्याग गर्न तयार हुनुपर्ने धारणासमेत व्यक्त गर्नुभयो ।

मुलुकमा सुशासन, समन्वय, लोकतन्त्रको स्थापनासहित लोककल्याणकारी राज्य निर्माणमा सबै राजनीतिक दल जुट्नुपर्नेमा बुर्लाकोटीको जोड थियो । रासस