४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे आगामी चुनावमा उम्मेदवार नबन्ने

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे आगामी चुनावमा उम्मेदवार नबन्ने
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा नगर्ने भएका छन्।

२०७९ सालमा बाजुरा क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित पाण्डेले यसपटक चुनावमा नउत्रने निर्णयसँगै उनको नाम सिफारिससूचीमा समेत समावेश गरिएको छैन।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नयाँ पुस्तालाई अवसर दिन आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णयमा पुगेको बताए।

‘सांसद र मन्त्री भइसकेँ। अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निर्णय गरेको हुँ,’ पाण्डेले भने। उनका अनुसार अब पार्टी सुदृढीकरण र संगठन विस्तार नै आफ्नो प्राथमिकता हुनेछ।

प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा— कुनै पनि तहमा उम्मेदवारी लिन चाहना नरहेको पाण्डेले स्पष्ट पारेका छन्।

जेनजी आन्दोलनका क्रममा पाण्डे तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए। सरकारको भाग भए पनि आन्दोलनरत युवाका मागहरू समयमै सम्बोधन गर्न नसकिएको अनुभूति उनले व्यक्त गरे।

प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यका रूपमा त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताउँदै उनले यसपटक चुनावको प्रतिस्पर्धाबाट बाहिरिनु उचित ठानेको बताए।

पाण्डेले भने, ‘अब पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने र संगठनलाई सक्रिय बनाउने काममा ध्यान केन्द्रित गर्छु।’