९ श्रावण २०८३, शनिबार
,
Latest
डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि–छवि सहकारी ठगी मुद्दा फेरि स्थगित



अ+ अ-

बुटवल । रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीमाथि दायर सहकारी ठगीसम्बन्धी मुद्दाको पेसी आज पनि स्थगित गरिएको छ।

कात्तिक १३ गतेदेखि लगातार सारिँदै आएको यो मुद्दा आज न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेकाले ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।

सुप्रिम सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ पछि निरन्तर सारिँदै आएको छ। यसअघि दुई पटक लामिछानेका कानूनी व्यवसायीका निवेदनका आधारमा तथा एकपटक सार्वजनिक बिदाका कारण पेसी स्थगित भएको थियो। छविलाल जोशी पक्षले निवेदन दिएपछि कात्तिक १३ गतेको प्रारम्भिक सुनुवाइ पनि रोकिएको थियो।

यस मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्तरूपमा सुनुवाइ गर्न आदेश गरेको छ।

लामिछानेले सहकारीको अपचलनमा आफ्नो हिस्साको बिगो रकम दाखिला गरेका भए पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले साउन २६ गते उनीलाई जमानतमा रिहा गर्ने निवेदन अस्वीकार गरेका थिए।

बिगो रकम चार भागमा बाँडिएकोमा लामिछानेले करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पत्र पेश गरेका थिए। जोशीले पनि आफूअनुसारको बिगोबापत जमानत पेस गरेका थिए। तर, दुवैको वास्तविक बिगो कति पर्छ भन्ने स्पष्ट नभएकाले अदालतले रिहा गर्न नमिल्ने आदेश जारी गरेको हो।

हाल पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा रहेका छन्। भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिएको छ भने जोशी भैरहवामै रहेका छन्।