४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन

सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन
अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरु अझै कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधवार सिंहदरवारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिस कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउनुभएको हो । अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन गरेर पीडितलाई मानव अधिकारको प्रत्याभुति दिलाउने काम गर्न पनि सरकारालाई सचेत गराउनु भयो । उहाँले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि सरकारले आयोगको सिफारिस कार्यान्वयनमा आलटाल गर्न नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष मगरले मानव अधिकारको रक्षाका लागि सरकारले भ्रष्टाचार निर्मूल पार्नका लागि पनि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘भ्रष्टाचार मौलायो, सुशासन कमजोर भयो भने मानव अधिकार पनि ओझेलमा पर्दछन । यसकारण पनि मानव अधिकारको रक्षाका लागि, मानव अधिकार सबैले उपभोग गर्ने वातावरणका लागि पनि सरकारले के गर्नुपर्छ भने सुशासन कायम गर्नु पर्दछ । भ्रष्टाचारलाई हटाउनु पर्दछ । निर्मूल गर्नुपर्दछ । अथवा यसलाई निर्मूल पार्नका लागि उचित कदम चाल्नुपर्ने हुन्छ मानव अधिकारको रक्षाको लागि पनि । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसहरु कार्यान्वयनमा हामी प्रतिवद्ध छौ भनेर मुख्य सचिवजीले भन्नुभयो । यो हामीले आश्वासन पाएको धैरै भइसक्यो । समिति पनि गठन भइसक्यो । तर यो कार्यान्वयन हुन सकेको छैन । आशा छ–हाम्रो मुख्यसचिवज्युको जुन आश्वासन छ । त्यो सफलीभुत हुनेछ । हाम्रा सिफारिसहरु कार्यान्वयन हुनेछन् । पीडितहरुले क्षतिपूर्ति पाउनेछन् । उहाँहरुले पनि मानव अधिकारको प्रत्याभुति भएको अनुभव गर्नेछन् ।’

अध्यक्ष मगरले सुशासन कमजोर भएका कारण मुलुकमा मानव अधिकार हनन्का घटनाहरु बढन गएको समेत बताउनु भयो ।