२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरु अझै कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधवार सिंहदरवारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिस कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउनुभएको हो । अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन गरेर पीडितलाई मानव अधिकारको प्रत्याभुति दिलाउने काम गर्न पनि सरकारालाई सचेत गराउनु भयो । उहाँले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि सरकारले आयोगको सिफारिस कार्यान्वयनमा आलटाल गर्न नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष मगरले मानव अधिकारको रक्षाका लागि सरकारले भ्रष्टाचार निर्मूल पार्नका लागि पनि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘भ्रष्टाचार मौलायो, सुशासन कमजोर भयो भने मानव अधिकार पनि ओझेलमा पर्दछन । यसकारण पनि मानव अधिकारको रक्षाका लागि, मानव अधिकार सबैले उपभोग गर्ने वातावरणका लागि पनि सरकारले के गर्नुपर्छ भने सुशासन कायम गर्नु पर्दछ । भ्रष्टाचारलाई हटाउनु पर्दछ । निर्मूल गर्नुपर्दछ । अथवा यसलाई निर्मूल पार्नका लागि उचित कदम चाल्नुपर्ने हुन्छ मानव अधिकारको रक्षाको लागि पनि । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसहरु कार्यान्वयनमा हामी प्रतिवद्ध छौ भनेर मुख्य सचिवजीले भन्नुभयो । यो हामीले आश्वासन पाएको धैरै भइसक्यो । समिति पनि गठन भइसक्यो । तर यो कार्यान्वयन हुन सकेको छैन । आशा छ–हाम्रो मुख्यसचिवज्युको जुन आश्वासन छ । त्यो सफलीभुत हुनेछ । हाम्रा सिफारिसहरु कार्यान्वयन हुनेछन् । पीडितहरुले क्षतिपूर्ति पाउनेछन् । उहाँहरुले पनि मानव अधिकारको प्रत्याभुति भएको अनुभव गर्नेछन् ।’

अध्यक्ष मगरले सुशासन कमजोर भएका कारण मुलुकमा मानव अधिकार हनन्का घटनाहरु बढन गएको समेत बताउनु भयो ।