४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार

३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार
अ+ अ-

काठमाडौं । जेन–जी विद्रोहको आधारमा गठन भएको सरकारले ३ महिना १ दिन पूरा गरेको अवसरमा जेन–जी पक्षसँग औपचारिक सम्झौता गर्ने भएको छ।

सो सम्झौताका लागि सरकारले आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा हस्ताक्षर कार्यक्रम तय गरेको छ।

तीन महिनापछि पहिलोपटक हुने यो औपचारिक सम्झौतामा सरकार र जेन–जी आन्दोलनका तीन प्रमुख संरचनाबीच हस्ताक्षर हुनेछन्— जेन–जी मुभमेन्ट अलायन्स, सुधन गुरुङ समूहको द काउन्सिल अफ जेन–जी, र रक्षा बम नेतृत्वको जेन–जी फ्रन्ट।

सरकारले जेन–जी आन्दोलनको वैधानिकता स्वीकार गर्दै मानवअधिकार उल्लंघन तथा हिंसात्मक ज्यादतीका घटनाको स्वतन्त्र छानबिन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

साथै सुशासन, राजनीतिक तथा नीतिगत भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संस्थानमा हुने दलगत भागबण्डा अन्त्य, उच्चस्तरीय भ्रष्टाचार छानबिन आयोग गठन, सार्वजनिक पदाधिकारीको आय–स्रोत तथा सम्पत्तिको छानबिन, र स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त निर्वाचनको वातावरण सुनिश्चितताजस्ता मुख्य विषयहरू सम्झौताका आधार बुँदाहरू रहने जनाइएको छ।