२४ मंसिर २०८२, बुधबार
,
Latest
चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा हितेन्द्रको पुनर्वहाली लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचनः प्रधानमन्त्री कार्की रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन आवश्यकः अध्यक्ष मगर



अ+ अ-

काठमाडौँ । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पु¥याउन आवश्यक रहेको बताउनुभएको छ ।

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितहरुको न्याय र परिपूरणको विषय सबैको साझा विषय भएको बताउनु भयो ।

उहाँले नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न नमिल्ने बताउनु भयो । उहाँले मानव अधिकार आयोगले मानव अधिकारको न्याय सुनिश्चितता गर्न अनुसन्धान गरी नेपाल सरकारलाई गरेको सिफारिसहरु कार्यान्वयन नहुनु चिन्ताको विषय भएको बताउनु भयो । कानूनी शासनको प्रत्याभुति र दण्डहिनताको अन्त्य गर्न नसके सन् १९४८ मा जारी भएको मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई न्याय गर्न नसकेको ठहर हुने जिकिर गर्नुभयो । कानूनी शासन प्रत्याभुति नहुँदा लोकतन्त्र र मानव अधिकारको अवस्था पनि सुदृढ हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न मिल्दैन । दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितहरुको न्याय र परिपूरणको विषय हामी सबैको साझा सरोकार र जिम्मेवारीको विषय हो । संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पु¥याउनु आवश्यक छ । मानव अधिकार आयोगले मानव अधिकारको न्याय सुनिश्चितता गर्न अनुसन्धान गरी नेपाल सरकारलाई गरेको सिफारिसहरु कार्यान्वयन नहुनु चिन्ताको विषय हो ।’

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन नहुँदा पीडितले क्षतिपूर्ति प्राप्त गर्न नसक्ने र मानव अधिकार उल्लंघका पीडितलाई कानूनको दायरामा ल्याउन नसक्दा दण्डहिनताले प्रश्रय पाएको बताउनु भयो ।