२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु



अ+ अ-

काठमाडौँ । सरकारले आ.व. २०८२–०८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद भूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो ।

उहाँकाअनुसार उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको छ । २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा जलेर मृत्यु भएका पत्रकार स्व। सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ । २०८२ भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ ।

सरकारले इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी, बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्वत, मोरङ,सुनसरीका ९४ हजार ५ सय २७ गरिव परिवारको सूचि स्वीकृत गर्ने निर्णय गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ ।

सरकारले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरेको छ । जेन–जी घाइतेहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता खरेलले बताउनु भयो ।