२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालत प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

पदमुक्त गर्ने सरकारको निर्णय गैरकानुनी ठहर गर्दै सर्वोच्चले शाक्यलाई पुनः पदमा फर्काउने आदेश दिएको हो।

शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाई प्रशान्त कुमार मिश्रा नियुक्त गरिएको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारको निर्णय विधिसम्मत नरहेको निष्कर्ष निकालेको छ।

अदालतको आदेशसँगै अब प्राधिकरणमा फेरि शाक्य फर्किने भएका छन् ।

यसअघि शाक्यलाई सरकारले २०७८ सालमा पदमुक्त गरेको थियो। निर्णय प्रक्रियामा आवश्यक कानुनी आधार नदेखिएको भन्दै सर्वोच्चले उक्त कदम उल्ट्याएको हो।