काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताउनुभएको छ ।
सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले १६ औँ पञ्चवर्षिय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको दाबी गर्नुभएको हो । राष्ट्रिय रणनीतिहरु प्रदेश तथा स्थानीय तहका खाद्य प्रणाली रुपान्तरण योजनसँग समायोजित गरिएको बताउनु भयो । साना तथा सिमान्तकृत कृषकहरुको क्षमता विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वक्ताहरुले जलवायु अनुकुलनका खेती पद्धति अवलम्वन गर्ने दिशामा नेपाल लागिरहेको बताउनु भयो । कृषि अनुसन्धानलाई प्रचारसँग जोडेर कृषिको उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उहाँहरुको जोड ।










