२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या



अ+ अ-

सुनसरी । सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ ।

दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो । सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाई हुन् । उनै साह दाजुभाईकै योजनामा सुपारी दिएर मान्छे बोलाई चौधरीको गोली हानी हत्या गराइएको हो ।

सिटी सफारी चालक धामीझांक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाई दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार चौधरीको हत्यामा ६ लाखको लेनदेन भएको पाइएको छ । साह दाजुभाईले ६ लाखमा सुपारी दिएर मान्छे बोलाई चौधरी उपर गोली हान्न लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराएको सुनसरी प्रहरीले हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी कार्वाही चलाइएको जनाएको छ ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार हत्यामा संलग्नताका आधारमा पक्राउ परेकाहरुमा झुम्काका साह दाजुभाई ४३ वर्षका राजकिशोर र वर्ष ४० का नन्दकिशोर सहित सप्तरी राजविराजका २८ वर्षिय अंकित साह र प्रिन्सकुमार दास रहेका छन् । त्यसैगरी पक्राउ पर्नेहरुमा सुनसरी भोक्राहाका ३४ वर्षिय मोहमद इव्रान मिया, देवानगञ्ज्का ३७ वर्षिय गियास मन्सुरी र सोही गाउँपालिकाकै २५ वर्षिय मिथलेस यादव रहेका छन् । प्रहरी नियन्त्रणमा रहेका ७ जनाको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । अशोज २५ गते शनिबार साँझ रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको शिननगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा स्थानीय सिटी सफारी चालक दिनेश कुमार चौधरी उपर गोली प्रहार भएको थियो । गोली प्रहारबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।