४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी

रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी
अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताउनुभएको छ ।

सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न नहुने बताउनुभएको हो ।

उहाँकाअनुसार एकतर्फी रुपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रुपमा हुनुपर्ने बताउँदै उहाँले सार्वजनिक ऐनको दफा, ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्ने समेत बताउनु भयो ।

ध्यक्ष सिंहले भन्नुभयो–‘निर्माण क्षेत्र अहिले आक्रान्त बनेको छ । म प्रधानमन्त्री, विकास निर्माणको जिम्मा लिएका मन्त्रालयका मन्त्रीहरुलाई रुग्ण ठेक्काहरुको नाममा अहिले निर्माण उद्योगीहरुलाई अन्योलको वातावरणको सिर्जना भयो । ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई प्रताडित काम भएको छ । एकतर्फी रुपमा आम जनतालाइ पनि निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम भएको छ । यो गलत छ । एकदमै गम्भीर भएर रुग्ण ठेक्काको व्यवस्थापन हुनुपर्छ । सकेसम्म सम्पन्न हुने योजनालाई सम्पन्न गर्नका लागि वातावरण बनाइदिनुपर्छ । सार्वजनिक ऐनको दफा ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्छ । अहिले ठेक्का अन्त्य गर्ने नाममा त्रास फैलिएको छ, यसले बैंकङ क्षेत्रलाइ पनि अन्योल बनाएको छ । यो कुरामा सरकारलाई गम्भीर हुन आग्रह गर्दछु ।’

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दिले असर गरेको बताउनु भयो । उहाँकाअनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानुपर्ने उहाँको भनाइ छ ।
सचिव गोपाल सिग्देलले भन्नुभयो– ‘हामी एकप्रकारको मन्दीबाट ग्रुजिरहेका छौं । सबै उद्योग आफैँ पनि शिथिल छ । अहिले उकुसमुकुसको स्थीति छ । सम्भवतः यो इतिहासकै सिथिल अवस्था हो । यो धेरै कारण छन् । हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानुपर्छ । पछिल्ला सरकारका गतिविधि हेर्दा रुग्ण ठेक्का सबै तोडेर मात्रै समाधान हुन्छ जस्तो मलाइ पनि लाग्दैन । हामीसँग कुनै बेला देशभरी ३१ सय रुग्ण ठेक्का थिए । ७ /८ सय सडक विभागकै ठेक्का थियो । अहिले त्यो स्थिति र्छैन । त्यो स्थीति होइन । शहारी विकास मन्त्रालयमा ४२ ओटा ठेक्का भवन विभागको र १०/१२ ओटा झोलुङे पुलसम्बन्धि ठेक्का थियो ।  धेरैको ठेक्का तोड्नुपरेको छैन् । काममा फर्किनुभएको छ ।’ 

उहाँले ठेक्का व्यवस्थापनका नाममा सबै रुग्ण ठेक्काहरु नतोडिएको समेत बताउनु भयो । सिग्देलकाअनुसार कतिपय ठेक्काहरु चेतावनी पछि अघि बढाइएको छ । निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार बिहान प्रभातफेरी समेत आयोजना गरेको छ । साथै महासंघको कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।