४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताउनुभएको छ ।

सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने बताउनु भयो । उहाँले जेन–जी मुभमेण्टले नेपालमा नयाँ आयाम थपेको बताउनु भयो । भ्रष्टाचार मौलाए बेथिति बढ्ने र बेथिति भए मानव अधिकार ओझेलमा पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जेनजी मुभमेण्टको कुराहरु पनि छ । यसमा पनि हो । जेनजी मुभमेण्टले एउटा नयाँ आयाम थपेको छ । एउटा शिक्षा यहाँबाट लिनुपर्छ । सुशासन कायम गर्नुपर्छ । भ्रष्टाचार निर्मूल गर्नुपर्छ । भ्रष्टाचार निर्मूल हुनसक्छ, सक्दैन ? त्यो आफ्नो ठाउँम होला । भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । सुशासन नभएसम्म, सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ । भ्रष्टाचार मौलाए बेथिति हुन्छ । बेथिति भए मानव अधिकार ओझेलमा पर्दछ । सुशासन कायम गर्न सक्नुपर्छ ।’

अध्यक्ष मगरले संविधानबाट छुवाछुत मुक्त भइसके पनि समुदाय र व्यवहारमा अझै हुन नसकेको बताउनु भयो ।