२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल



अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्मा आचार्यले नियुक्ति पत्र बुझ्नुभएको छ ।

आईतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री जगदीश खरेलले अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान गर्नुभयो । सरकारले गत सोमवार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो । नियुक्ति पत्र प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सोहीअनुसार अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले समग्र सञ्चार क्षेत्रको सुधारका लागि संविधान र कानूनको परिधिभित्र रहेर काउन्सिलले प्रभावकारी काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न लागिपरेको पनि बताउनु भयो । उहाँले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा बढाउनुपर्ने अवस्थामा जिम्मेवार सरोकारवालाबाटै भ्रामक सूचना र समाचारहरु संप्रेषण भइरहेको भन्दै आपत्ति पनि जनाउनु भयो ।  साइबर आक्रमण नै सरकारको लागि मुख्य चुनौति रहेको मन्त्री खरेलको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालको आम सञ्चारमाध्यमलाई र सामाजिक सञ्जालहरुलाई अझै व्यवस्थित र मर्यादित र जनउत्तरदायी बनाउनुपर्ने आवश्यकता छ । त्यो आवश्यकता निर्वाह गर्ने सन्दर्भमा प्रेस काउन्सिलले संविधान र कानूनले दिएको जिम्मेवारी तथा कर्तव्य वहन गर्दै प्रभावकारी काम गर्नुपर्ने अवस्था छ । लामो सयमदेखि अध्यक्षविहीन भएको प्रेस काउन्सिलले काम गर्न सक्ने अवस्था थिएन । अब प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा छ । सरकारले अगमी फागुन २१ मा निर्वाचनो मिति तोकेपछि त्यहीअनुसारको काम अगाडि बढाइरहेका छौं । सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नको लागि पनि सरकारले काम अगाडि बढाइरहेको छ । यस अवस्थामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहीत बनाउने अवस्थामा पनि सरोकारवालाहबाटै भ्रामक कुराहरु आइरहेको छ । साइबर अट्याक जेजसरी भइरहेको छ त्यो हाम्रो लागि ठुलो चुनौतीको विषय पनि बनेको छ ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष आचार्यले सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउँदै मुलुकमा सुशासन कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभो । उहाँले सञ्चारमाध्यमलाई जिम्मेवार र जनउत्तरदायी बनाउने आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो प्राथमिकतामा संस्थागत र आर्थिक भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्नेमा रहनेछ । मेरो मुख्य जिम्मेवारी व्यक्तिलाई सही जानकारी प्रभाव गर्न सञ्चारमाध्यमलाई थप जिम्मेवारी बनाउने हो । यसका लागि सरकार, सञ्चारकर्मी र आम नागरिकका कुरामार्फत नागरिकको सही सूचना पाउने हक सुनिश्चित गर्न लागिपर्नेछु । म अधिकारको प्रयोग गर्दिनँ, म कर्तव्य निर्वाह गर्छु ।’
काउन्सिलमा रहँदा अधिकारको प्रयोग नभई कर्तव्य निर्वाह गर्ने समेत उहाँको भनाइ छ ।