काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
भण्डारी जेन–जी आन्दोलनको क्रममा आगजनी गरिएका संरचना अवलोकनमा सिंहदरबार जानुभएको थियो ।
सोक्रममा उहाँको प्रधानमन्त्रीसँग भेटवार्ता भएको हो ।
भेटमा समसामयिक विषयसँगै निर्वाचनको तयारीबारे सरकारले गरिरहेका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।










