जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन्।
नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १–१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन्।
जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसका जंगीलाल राय र नेकपा (एकिकृत समाजवादी) पार्टीका कनिष पटेललाई बिना विभागीय मन्त्री बनाइएको छ।
नवनियुक्त तीन जना मन्त्रीहरुले आजै शपथ ग्रहण समेत गरे । तीन जना नवनियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराए।










