२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दनलाई गृह जिल्लामै कालोझन्डा



अ+ अ-

काठमाडौँ । पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला पुगेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्जन शर्मालाई पूर्व सहकर्मी माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।

शुक्रबार रूकुम पश्चिमको जिल्ला सदरमुकामस्थित सल्ले विमानस्थलबाट बाहिर निस्कँदै गर्दा शर्माविरुद्ध माओवादी केन्द्रसम्बद्ध कार्यकर्ताले कालो झन्डा देखाउँदै नाराबाजी गरेका हुन्। पार्टी विभाजनको घटनालाई लिएर असन्तुष्टि जनाउँदै उनीहरूले शर्मालाई विरोध स्वरूप कालो झन्डा प्रदर्शन गरेका हुन्।

शर्मा प्रलोपा द्वारा आयोजित युवा भेलामा सहभागी हुन रूकुम पश्चिम पुगेका छन्। त्यसपछि उनले आजै प्रलोपा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।

साविक माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई नै प्रलोपाले नयाँ संरचना विस्तारसहित आफ्नै कार्यालयका रूपमा प्रयोग गर्ने तयारी गरेको समेत स्रोतहरूले बताएका छन्।