२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले हार ब्यहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा आर्सनल एस्टन भिल्लासँग २–१ गोलले पराजित भएको हो । अन्तिम समयमा गोल खाँदा आर्सनलले हार ब्यहोर्नुपर्यो ।

खेलको ३६ औं मिनेटमा म्याटी क्यासले गोल गर्दै घरेलु टोलि भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई १–१ को अवस्थामा ल्याए ।

खेलमा दबाब राखेपनि आर्सनलले गोल गर्न सकिराखेको थिएन । तर, अन्तिम समयमा एक मिनेट पनि बाँकि नरहेको अवस्थामा आर्सनलले गोल खान पुग्यो । भिल्लाका एमी बुएन्डाले गोल गर्दै घरेलु टोलिलाई २–१ को जित दिलाए ।

यो नतिजापछि शीर्षस्थानको आर्सनलको १५ खेलबाट ३३ अंक छ भने भिल्ला ३० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।