२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल



अ+ अ-

जनकपुर: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरुमा पनि बनाउनुपर्ने बताउनुभएको छ ।

शनिवार जनकपुर धाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेसमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरुबीच समिकरण बनेर नयाँ समिकरण बनेको र अब यस्तै समिकरणको शुरुवात अन्य प्रदेशहरुमा पनि बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कम्युनिष्टहरुबीचको एकता प्रकृयालाई जारी राख्ने बताउनु हुँदै दाहालले एमालेमा आवद्ध नेताहरुलाई समेत एकतामा शामिल हुन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यो एकता प्रकृया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिष्टहरुलाई नेकपामा शामिल हुन आह्वान गर्न चाहन्छु ।’ 

उहाँले शक्तिशाली नेपाली कम्युनिष्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने दाबी गर्नुभयो ।   नेपाली कम्युनिष्ट पार्टीले जनकपुरधाममा एकताको सन्देशसभा सम्पन्न गरेको छ । –न्युज एजेन्सी नेपाल