दाङ । लमही बजारमा रहेको जुन तारा सुनचाँदी पसलमा शुक्रबार दिउँसो अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ। घटनामा पसल सञ्चालक सामान्य घाइते भएको दाङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रारम्भिक अनुमान गरिएको छ। गोली प्रहार गर्ने व्यक्ति घटनापछि फरार छन्। अहिले प्रहरीले घटनास्थलको सुरक्षा घेरा बढाउँदै अनुसन्धान अघि बढाएको जनाएको छ।
घाइते सञ्चालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। घटनाका सम्बन्धमा थप विवरण खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।










