१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा



अ+ अ-

काठमाडौँ। लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गरेका छन् ।

विराटनगर किङ्सकाविरूद्ध उनले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । दोस्रो संस्करणको  यो २७औँ अर्धशतक हो । जसमा २३ खेलाडी सामेल छन् ।

यसअघि, जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक जोडेका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका  लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित वर्माले, जिमी निशम, एडम रोसिङ्टन, चितवनका डेबिड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन,  कर्णालीका मार्क वाट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक बनाएका छन् ।

कर्णालीका मार्क वाट र पोखराका एडमरोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।  रासस